अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन २१ गते
नक्कली नेपाली रुपैयाँसहित दुई जना सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए ।
उनीहरुको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताए ।
नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकरी दिए ।