अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन २१ गते
अविरल वर्षासँगै खसेको पहिरोले आज बिहानैदेखि जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडी-बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।