आजदेखि छठ सुरु, पहिलो दिन आज ‘नहाय–खाए’

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,कार्तिक ८ गते

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।

पहिलो दिन आज नहाय खाय मनाइँदै छ। आजको दिन ब्रतालुले स्नान गरी अरबा-अरबाईन भोजन ग्रहण गर्ने गर्छन् ।

यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *