अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, कार्तिक १२ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
खरावी हुन सक्छ ख्याल गर्नुहोला साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुदा मानशिक तनाव बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
नयाँ नयाँ काम गरी रोजगारिका अवसरहरु सिर्जना गरेर आम्दानी गर्न सकिनेछ । बिद्यार्थी हरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
नयाँ काम पाउने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।