आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत्र १८ गते  

आज इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाउँदैछन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *