अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, चैत्र १६ गते
आईपीएलमा शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नई सुपर किङ्सलाई ५० रनले हराएको हो ।
बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।
बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
पाटिदारले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए । फिल साल्टले ३१, विराट कोहलीले ३१ तथा डेभिडले अविजित २२ रन बनाएका थिए ।
यस जितसँगै २ खेलमा ४ अंकसहित चेन्नई अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई २ खेलमा २ अंकसहित सातौं स्थानमा झरेको छ ।