आईपीएलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, चैत्र १५ गते  

आईपीएलमा बिहीबार राती भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो

हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लखनउका पूरनले २६ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए । मार्शले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाए । अब्दुल समाद २२ र डेभिड मिलर १३ रनमा अविजित रहे । कप्तान रिषभ पन्तले १५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।

योसँगै लखनउले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *