अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत्र १५ गते
गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछन्।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् भने राजावादीहरुको कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सम्हाल्नेछन्।
दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ। गणतन्त्रवादीलाई सभा गर्न प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा ठाउँ तोकिएको छ।
सुरक्षाका लागि करिब २५ सय नेपाल प्रहरी खटिने बताइएको छ। सादा पोशाकका प्रहरीसमेत परिचालन हुनेछन्। सशस्त्र प्रहरीले पनि करिब १७ सय सुरक्षाकर्मी परिचालन गरिने बताएको छ।
आजको एसइई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।