आज – २८ आश्विन २०८२ मंगलवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज २८ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । सामाजिक पद पाउने ग्रहयोग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (बाबिबुबेबो)#Taurus :

स्वास्थ्य राम्रो रहनेछ । लक्ष्य पहिल्याउँन सहज हुनेछ । भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ ।

मिथुन (काकिकुकेको)#Gemini:

विश्वास गरेकैहरुबाट धोका हुनेछ । पति पत्नी बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

समय शुभ छ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै छ lनयाँ कामको थालनि गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

कन्या (टोपिपुपेपो)#Virgo :

भने जस्तो पारिश्रमिक पाईने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । पेट सम्बन्धी समस्याले सताउनेछ  ।

तुला (रिरुरेरोतातितुते)#Libra :

समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने छ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

नतिजा ल्याउन मुस्किल रहेकोछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला ,कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

स्वास्थ्य सबल रहनेछ । परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले सतर्क हुनुहोला ।

मीन (दिदुदेदोचि)#Pisces :

समय मध्यम खालको छ । फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापारमा गरेको लगानि फस्टाएर जानेछ मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *