अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज २६ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
आत्मविश्वासको तीव्र बृद्धि हुनेछ र आज तपाईले लिएको कुनैपनि निर्णय तपाईको जीवनलाई दीर्घकालीन रुपमा प्रभाव पार्नसक्ने देखिन्छ। पारिवारिक जीवनमा समर्थन मिल्नेछ भने कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
आफ्नो भावनालाई व्यक्त गर्दा संयमित हुनु बुद्धिमानी हुनेछ।कार्यक्षेत्रमा आज केही ढिलो–सुस्तीको सम्भावना देखिन्छ, त्यसैले काममा मन केन्द्रित गर्न आवश्यक छ। आर्थिक हिसाबले आज खासै ठूला अवसरहरू नआए पनि मितव्ययिता अपनाएमा समस्या हुने छैन।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
विद्या, बौद्धिक कार्य, संचार तथा सृजनात्मक क्षेत्रमा आज ठूलो उपलब्धि मिल्न सक्छ। नयाँ कार्य योजनाहरू अघि बढाउने अनुकूल समय छ।धन सम्बन्धी योजना सफल बन्नेछ, कसैको सल्लाहले तपाईलाई लाभ पुग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
घरपरिवारप्रतिको जिम्मेवारी बढ्नेछ। नजिकका नातेदार वा परिवारका सदस्यसँग समय बिताउनुपर्ने परिस्थिति आउन सक्छ। पुराना सम्बन्धहरू पुन: बलियो बन्ने सम्भावना देखिन्छ। कार्यक्षेत्रमा मन नलाग्ने स्थितिहरू आउन सक्छन्, तर धैर्यता राखेमा परिस्थिति अनुकूल बन्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
आत्मबल र जोशले भरिएको देखिन्छ। नेतृत्व गर्ने क्षमता देखिनेछ र कार्यक्षेत्रमा तपाईको विचारप्रति मानिसहरू आकर्षित हुनेछन्। नयाँ जिम्मेवारी वा प्रोजेक्टको प्रस्ताव आउन सक्छ। पेटसम्बन्धी गडबडीले चिन्ता दिनसक्छ। भोजनमा सावधानी अपनाउनुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
भावना र बौद्धिकता बीचको द्वन्द्वले निर्णय गर्न कठिनाइ ल्याउन सक्छ। अध्ययन वा अनुसन्धानमा समय दिन उपयुक्त हुनेछ। घरपरिवारको समर्थन पाउने सम्भावना छ। विशेष गरी दाजुभाइ वा ठूला आफन्तबाट सहकार्य हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ भने पारिवारिक जीवनमा पनि ध्यान दिनुपर्ने स्थिति छ। पुराना समस्या समाधान हुँदै जानेछन्। प्रेममा राम्रो समय छ, नयाँ सम्बन्ध सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
कुनै महत्वपूर्ण निर्णय गर्नु छ भने आजको दिन अनुकूल छ। पारिवारिक वातावरणमा सकारात्मक ऊर्जा रहनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
तपाईको विचारहरूमा गहिराइ आउनेछ र जीवनप्रति बुझाइ अझ परिपक्व हुने सम्भावना छ। अध्ययन, यात्रा वा धर्मसँग जोडिएको गतिविधिमा सहभागी हुन सकिने दिन हो। धनप्राप्तिका लागि अवसर आउन सक्छ, विशेषगरी दूरगामी लाभ हुने काममा लगानी गर्नु उचित हुनेछ। स्वास्थ्य सामान्य नै रहनेछ,
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
बाहिरी परिस्थिति अनुसार आफुलाई ढाल्न सकेमा लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तन, स्थानान्तरण वा नयाँ अवसरको संकेत देखिन्छ। आत्मविश्वासमा कमी आउन सक्छ, तर मित्रजन वा आत्मीय सहयोगबाट पुनः ऊर्जा प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
नयाँ विचार र योजना बनाउन अनुकूल छ। तपाईले लामो समयदेखि सोचिरहनु भएको कुनै काम आजबाट अघि बढाउन सकिनेछ। साझेदारीमा गरिएको काममा सफलता मिल्नेछ। सन्तानसँग सम्बन्धमा मिठास आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
जीवनमा केही कुराहरू नयाँ ढंगले बुझ्न सकिनेछ। अध्ययन, ध्यान वा कला क्षेत्रमा गहिरो रुचि जाग्न सक्छ। कार्यक्षेत्रमा आत्मविश्वासमा कमी आए पनि आजका प्रयासहरूले भविष्यमा राम्रो आधार बनाउनेछन्।