अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज २५ गते
आज डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन् ।
सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।