आज – १५ कार्तिक २०८२ शनिवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, कार्तिक १५ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

बृष (बाबिबुबेबो)#Taurus :

दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन (काकिकुकेको)#Gemini:

दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। थोरै बोल्नु उपयुक्त हुनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

दिन राम्रो छ। आज नयाँनयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजयी प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

कन्या (टोपिपुपेपो)#Virgo :

दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

तुला (रिरुरेरोतातितुते)#Libra :

मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

दिन सामान्य छ। अनावश्यक झगडा हुनेछ। स्वास्थ्यमा गडबढी हुने जोखिम छ। अनावश्यक यात्रामा पैसा र समय खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन (दिदुदेदोचि)#Pisces :

काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *