अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते।
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
लिग-२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो ।
नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ ।