अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत्र ३१ गते
भारतमा जारी आईपीएल (IPL)क्रिकेटमा आज पनि दुई खेल हुँदै छ ।
पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।
दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमने सामने हुँदै छन् । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ ।
दिल्ली हालसम्म ४ खेल खेल्दा अपराजित छ र अंकसहित अंकितालिकामा शीर्ष स्थानमा छ । मुम्बई भने ५ खेलमा १ जित मात्र निकालेर अंकतालिकामा नवौं स्थानमा छ ।