अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख १ गते
आजदेखि नयाँ वर्ष २०८२ साल सुरु भएको छ ।
आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
मल्लकालमा नै विक्रमादित्यले चलाएको सम्वत् भएकाले नै यसलाई विक्रम संवत् भनिएको हो। यसलाई हामी मौलिक सम्वतका रूपमा विक्रम संवत् भन्छौ र नेपालीहरु यही क्यालेन्डरमा चल्छन्।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।