आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख ५ गते

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछन् ।

खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन् । नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *