अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, वैशाख ८ गते
आईपीएलमा आज पनि दुई खेल हुँदै छ । दिउँसो र बेलुका गरी दुई खेल हुनेछ ।
पहिलो खेलमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेलमा मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुकी पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।
अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ ।
त्यस्तै मुम्बई ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंक जोड्दै १०औं स्थानमा छ ।