अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख १० गते
देशका तराई तथा मध्य पहाडी क्षेत्रमा अहिले गर्मी बढेको बढ्यै छ। मौसम पूर्वानूमान महाशाखाले तराईका धेरै भागमा तातो हावा चल्नसक्ने भन्दै चेतावनी जारी गरेकाे छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।
यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।