अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २७ गते
स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो ।
नेपाल र स्कटल्याण्डसँग १-१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।