त्रिदेशीय टी-२० शृंखलाको खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २ गते

त्रिदेशीय टी-२० शृंखलाको खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *