टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले मेलवर्न स्टार्ससँग खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २ गते

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ।

नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो। त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुँदै छन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *