अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, भदौ २ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
आफन्तको आवश्यकतामा उचित सहयोग प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहोला । पारिवारिक जीवनमा असमझदारी बढ्न सक्ने भएकाले राम्रो वातावरण बनाउने प्रयास गर्नुपर्ला। विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहेको छ । व्यापार व्यवसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय खर्चिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
समय राम्रो रहेको छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
समय राम्रो रहेको छ। जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ । व्यवसाय गर्नेहरुले आफ्नो व्यवसाय बढाउने र राम्रो नाफा आर्जन गर्न सक्ने छन्। प्रेम तथा पारिवारिक क्षेत्र आज राम्रो रहन सक्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
समय सामान्य रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। व्यवसायमा गरिएको लगानीले पनि उचित प्रतिफल नदिन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गी)#Capricorn :
स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
समय राम्रो रहेको छ। धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)#Pisces :
स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।