अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज २२ गते
टी-२० विश्वकप छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।
आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० कप छनोटका लागि एसिया क्षेत्रका नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामओ रहेका छन् ।
समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ।