एनपिएलको दोस्रो संस्करण आजदेखि : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १ गते

एनपिएलको(NPL) दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ।

यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच  प्रतिस्पर्धा हुनेछ।

यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *