सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक ३० गते

सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *