एनपिएल (NPL) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर ५ गते

एनपिएल (NPL) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

अपराह्न ४:०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन्।

सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *