एनपीएलमा आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स र दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १३ गते

एनपीएलमा आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।

यो खेल त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुनेछ ।

पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

लुम्बिनी अंकतालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अंकविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *