अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, मङ्सिर १४ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । सचेत रहनुहोला । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । व्यापारबाट विशेष लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
आजको दिन राम्रो रहन सक्नेछ। विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
मन खिन्न हुनेछ । राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
आफन्त तथा अग्रजहरू सँग विवाद हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । माया प्रेममा धोका हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ । समय लागे पनि सम्मानित काम गर्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । शुभचिन्चकहरूले साथ दिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् ।आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ ।, आत्मीयजनबाट धोका पाइनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । कुनै दलालले पैसा ठगिदिने, सम्भावना रहेको छ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।