एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १५ गते

एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *