अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २८ गते
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिदै छ।
पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्माण्डा तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।