अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज २७ गते
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँमा झरेको छ । ओमानको २९ खेलमा ३३ अंक छ ।