जन्ती बोकेको बस दुर्घटना हुँदा बैतडीमा १३ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, माघ २३ गते

जन्ती बोकेको बस दुर्घटना हुँदा बैतडीमा १३ जनाको मृत्यु भएको हो ।

आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट  बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *