आज – २३ माघ २०८२ शुक्रवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, माघ २३ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

सानातिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ ।  पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

बृष (बाबिबुबेबो)#Taurus :

आफन्त तथा जीवन साथीसँग मनमुटाव सिर्जना हुने सम्भावना रहेकोछ, ध्यान दिनुहोला । अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा तय हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सामाजिक क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने समय उत्तम रहेकोछ ।

मिथुन (काकिकुकेको)#Gemini:

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।  पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले मन प्रशन्न हुनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ ।  नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढि नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । । सवारी साधनको खरिद बिक्रीबाट आम्दानी बढ्नेछ ।

कन्या (टोपिपुपेपो)#Virgo :

आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुद पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमालो यात्राको तय हुनेछ ।

तुला (रिरुरेरोतातितुते)#Libra :

गीत संगीत तथा मनोरञ्जन जस्ता क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुँजीबजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।  यात्राको योग रहेकोछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

बिहानको समय उत्तम रहेकाले बित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।  मध्यान्हबाट साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

व्यापारबाट आम्दानी हुनेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारिको शिलशिलामा नयाँ गन्तब्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।

मीन (दिदुदेदोचि)#Pisces :

धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा शरहका मानिसबाट विषेश सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ ।  । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *