अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ५ गते
मौसम पूर्वानुमान अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने भए पनि पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार आज सबैभन्दा बढी गर्मी नेपालगन्जमा महसुस हुनेछ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। त्यसैगरी धनगढी, दिपायल र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्नेछ। यी क्षेत्रमा दिउँसोको मौसम अत्यन्त तातो रहने बताइएको छ।
महाशाखाले दिउँसोको चर्को घाममा बाहिर निस्कँदा अनिवार्य रूपमा छाता ओढ्न, टाउको छोप्न र शरीरलाई शीतल राख्ने खालका कपडा लगाउन आग्रह गरेको छ। यस्तै, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउन र घामको सिधा सम्पर्कमा धेरै समय नबस्न समेत सुझाव दिइएको छ।