अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, पौष २४ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
रमाइलो यात्राको योग रहेको छ ।आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
सानै प्रयाशले काममा सफलता मिल्नेछ ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
व्यापार व्यवसायमा लाभ हुनेछ ।आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
साथीभाइको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
रोजगारीको नयाँ अवसर मिल्नेछ । आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
सामाजिक कामहरु सफल हुनेछन्। मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा व्यवधान आइपर्ला र स्वास्थ्य प्रति सजग रहनुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
सोचेको आटेको काममा सफलता मिल्नेछ ।आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
धार्मिक र सामाजिक काममा मन जानेछ। आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
सामाजिक कार्यमा तत्परता रहनेछ । आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग धार्मिक यात्रा हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
शत्रुहरु पराजित हुनेछन्। आज शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।