आज सुनको मूल्य फेरि बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष २१ गते

नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *