अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार ३० गते
भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टमा थप २८ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ४५ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ७ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ५४० जनाको मृत्यु भएको छ । भारतमा संक्रमित मध्ये ५ लाख ७२ हजार कोरोना संक्रमण मुक्त भएका छन् ।
पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या ३४ लााख ७८ हजार पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ६४ हजार संक्रमित थपिएका छन् । संक्रमित मध्ये १ लाख ३८ हजारले ज्यान गुमाएका छन् ।
कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८७ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २१ हजार संक्रमित थपिएका छन । कोरोनाका कारण ब्राजिलमा ७२ हजारले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप एक लाख ९४ हजार ७ सय ९२ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहानसम्म विश्वमा काेराेना संक्रमितको संख्या १ करोड ३२ लाख २८ हजार पुगेकाे छ ।