अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, असार ३१ गते।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कटुवा पेस्तोल र गोली सहित पक्राउ परेका छन् । विप्लव नेकपाका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेली स्थित सडक खण्डमा सवार भई गई रहेको अवस्थामा बुधबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।