गण्डकी प्रदेशमा फेरी थपिए २५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी पोखरा ,समाचारदाता, असार ३१ गते।

गण्डकीमा  प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बुधबार दिएको जानकारी अनुसार पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *