अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, साउन ७ गते।
प्रतिबन्धित औषधि किनबेच गरेको आरोपमा प्रहरीले मोरङको बेलबारीबाट ३ जनालाई पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका-६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी-५ का २३ बर्षीय शिबजी चौधरी तथा धरान-१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरिएको हो ।

क्लिनिकबाट ट्रामाडोल क्याप्सुल ५० एमजी १३हजार ६ सय क्याप्सुल, डेकोलिक २ हजार क्याप्सुल, स्पास्पो २८० क्याप्सुल, एन्टीकफ ७५० क्याप्सुल, एसिडल एक हजार क्याप्सुल, प्रेगासोफ्ट ९६० क्याप्सुललगायत प्रतिबन्धित औषधि बरामद गरेको हो ।
अबैध औषधी सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।