नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १७ गते

कोरोनाभाइरसको संक्रमणका  कारण नेपालमा  थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा १ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया महिलाको शनिवार  साँझ निधन भएको हो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *