अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते
चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो र पोजेटिभ देखिएको थियो ।
ती महिला दम र निमोनियाको समेत रोगी रहेको बताइएको छ ।