अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३ गते
पोखरामा आज थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेटको शल्यक्रियाका लागि यहि भदौ ८ गते उनी अस्पताल भर्ना भएका थिए ।

अस्पताल भर्ना भएकै दिन भदौ ८ गते परीक्षणमा गरिएकोमा भदौ १० गते आएको नतिजामा उनी कोरोना सङक्रमण भएको पाइएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताए ।
उपचारकै क्रममा उनको आज विहान ११ बजे मृत्यु भएको निर्देशक प्राडा आचार्यले बताए ।