विश्वमा कोरोना संक्रमणका कारण आठ लाख ६० हजार भन्दा बढीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १७ गते

विश्वमा कोरोना भाइरस संक्रमणका कारण आठ लाख ६० हजार बढीको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय ११ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ६० हजार दुई सय ७७ पुगेको हो ।

हालसम्म विश्वमा दुई करोड ५८ लाख ९० हजार नौ सय ३७ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार आठ सय ९२ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये एक करोड ८१ लाख ८५ हजार ५५२ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख ५७ हजार पाँच सय ८६ जना उपचाररत रहेकोमा ६१ हजार एक सय १२ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *