अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १८ गते
पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ ।