अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, भदौ २२ गते
वडा न १३ का युवाहरू र कोभिड एक्सन टिम (CAT)द्धारा संचालित ब्यवस्थापनमा निशुल्क खाना बितरण कार्यक्रमलाई सहयोग स्वरुप प्रदेश सांसद अन्सारीले १५० किलो आलु लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका छन ।
प्रदेश सांसद अन्सारीले खाद्धान्न सामाग्री हस्तान्तरण गर्दै कोभिड एक्सन टिम (CAT) पर्साले बिगत केहि दिन देखि कोभिड महामारीमा उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफूले पनि सहयोग गरेको र अगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। सो सहयोग समाग्री (CAT) का पर्सा सयोजक महम्मद अन्सारीलाई हस्तान्तरण गरिएको हो।
सांसद अन्सारीलाई सहयोगको लागी सम्पुर्ण (CAT) को तर्फबाट धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालीन समाजबादी पार्टी जिल्ला सचीव तबरेज अहमद, नेकपा प्रतिनिधि सन्जिव मिश्रा, CAT सदस्य शैली चौधरी लगायतको उपस्थिति रहेको कुरा (CAT) सदस्य श्याम पटेलले बताएका छन।