नेपालमा आज थप ४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १ गते

नेपालमा आज थप ४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  ३ महिला सहित एक पुरुष गरि ४ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरंगको ६४ बर्सिय एक महिला, चितवनको ३६ बर्सिय एक महिला, कैलालीको ५७ बर्सिय एक महिला र काठमाडौँको ८७ बर्सिय एक पुरुषको कोरोना सङ्क्रमणबाट निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *