अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ७ गते
पछिल्लो २४ घण्टा मा ७ जना को निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन्।
निधन हुनेमा १ महिला र ६ पुरुष गरि ७ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। हाल सम्म नेपालमा कोरोना को कारण निधन हुनेको संख्या ४३६ पुगेको छ।
मृत्यु हुनेमा झापाको ८६ बर्सिय एक पुरुष, सिरहाका ५० बर्सिय एक पुरुष, काठमाडौँको ६८ बर्सिय एक महिला र १८ बर्सिय एक पुरुष, ललितपुरको ७४ बर्सिय पुरुष, बर्दियाका ६४ र ३९ बर्सिय दुई पुरुष गरि १ महिला र ६ पुरुष गरि सात जनाको निधन भएको छ।