आईपीएलमा हैदरावादको पहिलो जित, दिल्ली क्यापटिल्स १५ रनले पराजित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १४ गते

युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । आईपीएलको एघारौं खेलअन्तर्गत मंगलबार भएको खेलमा हैदराबादले दिल्ली क्यापटिल्सलाई १५ रनले हराएको हो ।

शेख जायद रंगशालामा हैदराबादले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।

हैदराबादका राशिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ तथा खलील अहमद र थांगाराुसु नटराजनले समान एक–एक विकेट लिए ।

हैदराबादका लागि जोनी बेयरस्टाले अर्धशतकीय पारी खेलेका थिए । ४८ बल खेलेका उनले २ चौका र एक छक्काको सहयतामा ५३ रन जोडे ।

यस्तै कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समदले अजिवित १२ रन जोडे भने मनिष पाण्डेले ३ रन बनाए ।

यससँगै हैदराबादले ३ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग दस रनले हारेको हैराबाद दोस्रो खेलमा कोलकता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *