रौतहटमा माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानि हत्या

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते

रौतहटमा माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानि हत्या भएको छ। गए राति एक विवाहित युवतीको गोली हानि हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।

घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *